यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोमबार, २९ मंसिर २०८२, १० : २६

काठमाडौं- आज मंसिर २९ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले भोलि पुस १ गते बुकक्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी दुई कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी सनराइज बैंकले पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले बैंकको सञ्चालक समितिको संरचना हेरफेर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यता, कालिञ्चोक दर्शनले पुस १५ गते, मंगलबार, बद्रीनाथ होटल, गौशाला, काठमाडौंमा ११ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो साढे ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 
 
सोमबार, २९ मंसिर २०८२, १० : २६

प्रतिक्रिया