काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ।
नेप्सेमा लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य समायोजन भएको हो। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले लक्ष्मी सनराइजको १० प्रतिशत र कालिञ्चोकको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात लक्ष्मी सनराइज बैंकको सेयर मूल्य २१३ रुपैयाँ ६४ पैसा कायम भएको छ भने कालिञ्चोकको ८६० रुपैयाँ ९५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा लक्ष्मी सनराइज बैंकको सेयर प्रतिकित्ता २३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने कालिञ्चालकको प्रतिकित्ता ९०४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।
प्रतिक्रिया