सानिमा रिलायन्स लाइफको नगद लाभांश घोषणा

मंगलबार, ०१ पुस २०८२, ११ : १३

काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) विरतण गर्ने निर्णय गरेको हो।

यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुने कम्पनीले जानकारी दिएको छ।

 
मंगलबार, ०१ पुस २०८२, ११ : १३

प्रतिक्रिया