काठमाडौं- रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड भएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो। सो निष्कासनमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमा सबै आवेदनहरु स्वीकृत भएकाछन्।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ।
आईपीओमा २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा शेष रहेको ४६ कित्ता सेयर सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दरले बाँडफाँड गरिएको छ।
यस अनुसार २ हजार ३११ जनामध्ये ४६ जनाले ५१ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
प्रतिक्रिया