काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंगलबार तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
आज प्रभु इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनस वापतको २५ लाख ९४ हजार ६७८ दशमलव ५२ कित्ता, एशियन लाइफको ५.१ प्रतिशत बोनस वापतको १७ लाख ३३ हजार ९१६ दशमलव ५२ कित्ता र हाथवे इन्भेष्टमेन्ट कम्पनीको १२ प्रतिशत बोनस वापतको ३३ लाख ९७ हजार ६८० कित्ता सेयर सूचिकृत भएको हो ।
अब तीन कम्पनीको सूचिकृत सेयर भोलिदेखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया