प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

बुधबार, ०२ पुस २०८२, ११ : ०२

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

कम्पनीका तीन जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख २८ हजार १९४ कित्ता संस्थापक सेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएअनुसार सो सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख ३५ हजार १२८ कित्ता, बिनु श्रेष्ठको नाममा रहेको ६१ हजार ४७८ कित्ता र विनय रेग्मीको नाममा रहेको ३१ हजार ५८८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरमा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिनु पर्ने भएकाले हाल यस शेयर विद्यमान सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

सो सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। 

कम्पनीले तोकिएको यस समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिने जनाएको छ ।

 
बुधबार, ०२ पुस २०८२, ११ : ०२

प्रतिक्रिया