काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार दुई कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।
आज नेप्सेमा रिभर फल्स पावर र शिभ श्री हाइड्रोपावरको सेयर सूचिकृत भएको हो ।
रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद सेयर वापत ७० लाख कित्ता र शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर वापत १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीहरुको सूचिकृत भएको उक्त सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया