काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी भिसा (डिभी) चिठ्ठा कार्यक्रम तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन्।
अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि राष्ट्रिय सुरक्षा र आप्रवासन प्रणालीमा सुधार आवश्यक रहेको दाबी गर्दै ट्रम्प प्रशासनले यो कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
आन्तरिक सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ढिलो गरी यसको पुष्टि गर्दै उक्त कार्यक्रमका कारण अमेरिकी सुरक्षामा खतरा पुगेको दाबी गरेकी छन्। विश्वविद्यालयमा गोली चलाउने सन्दिग्ध व्यक्ति सोही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो कदम चाल्न निर्देशन दिएका हुन्।
प्रतिक्रिया