काठमाडौं- आज पुस ६ गते चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
आज महालक्ष्मी विकास बैंक, तारागाउँ रिजेन्सी होटल्स, सिनर्जी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोलि पुस ७ गते बुकक्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारणसभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
नेपाल हाइड्रो डेभलपर लिमिटेडले पुस २३ गते, अम्रपाली बैंकेट, भाटभटेनी, काठमाडौंमा १९ औँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ। कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
महालक्ष्मी विकास बैंकले पुस २१ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा चौबीसौँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५।३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
तारागाउँ रिजेन्सी होटल्सले पुस २३ गते, बुधबार, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे २९ औँ वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करबाहेक) वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
सिंगटी हाइड्रो इनर्जीको सोह्रौँ वार्षिक साधारणसभा पुस २१ गते, सोमबार, धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने र बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया