वैदेशिक रोजगारमा रहेकाले भुजुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सोमबार, ०७ पुस २०८२, १० : २०

काठमाडौं- भुजुङ हाइड्रोपावरले आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत पुस ३ गतेबाट पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको थियो। 

यो आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि भने आईपीओका निष्कासन बन्द छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते बैंकिङ समयपछि हुनेछ।

नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावरलाई जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबराको १०० रुपैयाँ अकित दरका साधारण सेयर निष्कासनको अनुमति दिएको छ। जसमा जारी पुँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँबराबरको सेयर आयोजना प्रभावित र १० करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमध्ये लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नं। ४ प्रत्यक्ष प्रभावित क्षेत्रका लागि ६० प्रतिशतले हुन आउने ६ लाख कित्ता र ४० प्रतिशतले हुन आउने ४ लाख कित्ता सोही गाउँपालिकाका वडा नं। १, २, ३, ५, ६, ७, ८ र ९ का लागि अप्रत्यक्ष रुपमा प्रभावित स्थानीयका लागि जारी गरेको छ।

यसैगरी सर्वसाधारणका लागि छुट्याएको १० लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख कित्तामा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।

दुवै समूहले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। स्थानीयले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसीसहर शाखा र भुजुङ हाइड्रोपावरको काठमाडौंको सामाखुसीस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

 
सोमबार, ०७ पुस २०८२, १० : २०

प्रतिक्रिया