सिटिजन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोमबार, ०७ पुस २०८२, १० : २३

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । यसकारण पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधामा भाग लिनुको साथै लाभांश पाउनेछन्।

ले आफ्नो नवौं वार्षिक साधारण सभा पुस १८ शुक्रबार बस्ने भएको छ । सभा आम्रपाली व्याङ्कवेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ९ः३० बजे बस्ने जनाएको छ । कम्पनीको मंसिर २६ गते शुक्रबार सम्पन्न १२६ औं बैठकको निर्णयले सभाको मिति तय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। सभाले सो प्रस्ताव पारित गर्नेछ ।

सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ९वर्तमान लेखापरीक्षक श्री एसएआर एशोशियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, पुनः नियुक्तिका लागि योग्य रहने प्रस्ताव पारित गर्नेछ ।

सभाले स्वतन्त्र सञ्चालकको नियुक्ती बारेमा बीमा ऐन, २०७९ बमोजिम साधारण सभामा जानकारी सम्बन्धमा । सञ्चालक समिति सदस्यहरुको सेवा सुविधा , कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

 
सोमबार, ०७ पुस २०८२, १० : २३

प्रतिक्रिया