नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

सोमबार, ०७ पुस २०८२, १० : ३०

काठमाडौं- नागरिक लगानी कोष (सीआईटी) ले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) छन्।

यो लाभांश अर्थ मन्त्रालयको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 
सोमबार, ०७ पुस २०८२, १० : ३०

प्रतिक्रिया