प्रभु इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

सोमबार, ०७ पुस २०८२, १५ : १४

काठमाडौं- प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको २९ औं वार्षिक साधारणसभाले पारित गरेको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ।

कम्पनीको गत साउन २३ गते सम्पन्न भएको वार्षिक साधारणसभाले साउन १ गतेसम्म कायम सेयरधनीहरूका लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडका अनुसार सोही बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा पठाइएको हो। यो बोनस सेयर पुस १ गते नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ।

साथै साउन १ गतेसम्म कम्पनीको सेयर धितो राखेर ऋण लिएका सेयरधनीको हकमा ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै लाभांश रोक्का राखिएकाले सम्बन्धित संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्रै खातामा पठाइने जानकारी दिएको छ।

 
सोमबार, ०७ पुस २०८२, १५ : १४

प्रतिक्रिया