काठमाडौं- आज पुस ८ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोलि पुस ९ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिनुको साथै लाभांश पाउनेछन्।
एनएमबि बैंकले आफ्नो ३० औं वार्षिक साधारणसभा पुस २४ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश छन्।
यस्तै, साना किसान विकास लघुवित्तले हाल कायम चुक्तापुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार ५१३.७८ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ६४ करोड ६८ लाख ९३ हजार २२७.०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १४.२५ प्रतिशतले हुन आउने ६१ करोड ४५ लाख ४८ हजार ५६५.७१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ३ करोड २३ लाख ४४ हजार ६६१.३५ रुपैयाँबराबरको नगद लाभांश छन्।
लाभांश पारितका लागि लघुवित्तले पुस २५ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ः१५ बजे चौबीसौं वार्षिक साधारणसभा बस्दैछ।
प्रतिक्रिया