नेपाल टेलिकमले ३० प्रतिशत लाभांश दिने, पुस ३० गतेका लागि बोलायो साधारणसभा

बुधबार, ०९ पुस २०८२, १० : ३०

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले लाभांश घोषणा गरेको छ । 

कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै साधारणसभा बोलाउने निर्णय गरेको हो।

टेलिकमले सेयरधनीलाई ३० प्रतिशत अर्थात् प्रतिकित्ता ३० रुपैयाँ नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको हो। यो प्रस्ताव पारितका लागि पुस ३० गते बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजे १८ औं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि निर्धारण गर्नेछ। साधारणसभा तथा लाभांश वितरणका लागि पुस २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गरिने कम्पनीले जनाएको छ।

बुधबार, ०९ पुस २०८२, १० : ३०

प्रतिक्रिया