प्रचण्ड–माधवले लिए झलनाथ पत्नी रविलक्ष्मीको स्वास्थ्य अवस्थाबारे जानकारी

बुधबार, ०९ पुस २०८२, १० : ५६

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन्।

गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक डल्लुस्थित निवासमा पुगेका थिए। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको नेता खनालले जानकारी दिए।

 
 
बुधबार, ०९ पुस २०८२, १० : ५६

प्रतिक्रिया