भोलि देशभर सार्वजनिक बिदा, आरटीजीएस प्रणाली भने बन्द नहुने

बुधबार, ०९ पुस २०८२, १६ : ०४

काठमाडौं- भोलि पुस १० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । क्रिसमस डेको अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको हो ।

सरकारले बिदा दिएका कारण भोलि सरकारी कार्यालयहरुको साथै बैंक र सेयर बजार बन्द रहने छ । सेयर बजार अब आइतबार मात्र खुला हुनेछ ।

क्रिसमसको दिन सार्वजनिक बिदा भएपनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । 

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालन रहने जानकारी दिएको छ ।

बैंकिङ कारोबारको सहजताका लागि उक्त प्रणाली सञ्चालन गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।

 
बुधबार, ०९ पुस २०८२, १६ : ०४

प्रतिक्रिया