नेप्सेमा ४ कम्पनीको सेयर मूल्य समायोजन

विहीबार, १० पुस २०८२, १० : १९

काठमाडौं- नेपाल स्टक एक्सचेञ्जमा ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ। 

नेप्सेमा रु रु जलविद्युत परियोजना, मिड सोलु हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको सेयर मूल्य समायोजन भएको हो।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

सेयर मूल्य समायोजनपछि मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ७९८ रुपैयाँ २६ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ९ सय १८ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

रु रु जलविद्युतको सेयर मूल्य ६ सय ६० रुपैयाँ ९१ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ७ सय २७ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ सय २७ रुपैयाँ ०२ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ७ सय ६८ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

चन्द्रागिरी हिल्सको सेयर मूल्य ८ सय ४३ रुपैयाँ ८१ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ८ सय ८६ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।
 

 
विहीबार, १० पुस २०८२, १० : १९

प्रतिक्रिया