नागरिक लगानी कोषले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

विहीबार, १० पुस २०८२, १० : ३०

काठमाडौं- नागरिक लगानी कोषले ३१ औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ।

त्यसैगरी कोषको सञ्चालक समितिमा एक जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्ने र साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एकरएक जना प्रतिनिधि नियुक्त गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका तथा सेयर दाखिल खारेज (बूक क्लोज) गर्ने जानकारी दिएको छ।

 
विहीबार, १० पुस २०८२, १० : ३०

प्रतिक्रिया