पाल्पा सिमेन्ट इन्डष्ट्रिजले धितोपत्र बोर्डबाट पायो आईपीओ निष्कासनको अनुमति

विहीबार, १० पुस २०८२, ११ : ३७

काठमाडौं- पाल्पा सिमेन्ट इन्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई सेयर निष्कासनको अनुमति दिएको हो ।

पाल्पा सिमेन्टले २०८१ वैशाख २३ मा आइपीओ अनुमतिको माग गर्दै आवेदन दिएको थियो। 

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँको ७५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

 
विहीबार, १० पुस २०८२, ११ : ३७

प्रतिक्रिया