काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले आफू सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।
आफूले आयोगलाई सोमबार बयान दिन आउने जानकारी गराइसकेको लेखकले बताए ।
लेखक गृहमन्त्री हुँदा २३ भदौमा संसद् भवनअगाडि १९ युवा मारिएका थिए । लेखकले सोही दिन गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया