आज यी राशिलाई आम्दानीका नयाँ स्रोत फेला पर्ने, अरुको दिन कस्तो ?

आइतबार, १३ पुस २०८२, ०७ : ५९

काठमाडौं- वि.सं.२०८२ साल पौष १३ गते । आइतबार । इस्वी सन् २०२५ डिसेम्बर २८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–अष्टमी, १ घडी ३० पला, बिहान ७ बजेर ३१ मिनेट उप्रान्त नवमी । नक्षत्र–रेवती । योग–वरिणन, १ घडी २१ पला, बिहान ७ बजेर २८ मिनेट उप्रान्त परिध । करण–बव, बिहान ७ बजेर ३१ मिनेट उप्रान्त बालव, बेलुकी ६ बजेर ३८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मीन  । काठमाडौंमा सूर्योदय बिहान ६ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १५ मिनेट । दिनमान २५घडी ५१ पला ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  परिवार तथा आफन्तहरूले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाइ लेखाइमा मन जाने छैन भने वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दी आउनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ । तर पनि लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । सभा समारोह, बैठक तथा राजनीतिक भेटघाटमा समय व्यातित हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्  भने श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार तथा वित्तीय क्षेत्रबाट प्रशस्त लाभ हुनेछ । शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । दाजुभाइ तथा आफन्तहरूले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ । भविष्यका लागी काम गर्न सकिने समय रहेको छ । प्रेमको डोरो कसिलो भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक माहौलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । सहयोगीहरूबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईँको चुम्बकीय व्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार, उद्योग तथा शेयर बजारको लगानीबाट आम्दानीका बाटाहरू फराकिला पार्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कल्याणकारी तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृढ हुनेछ । लेखन कलाको माध्यमबाट आफ्ना विचारहरू मनमनमा लैजान सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  स्वास्थ्य बिग्रनाले  रोग व्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाइ उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको सिकारले नैराश्य बढाउनेछ  । जग्गाजमिनको कारोबारले आर्थिक तंगी हटाउन गाह्रो पर्नेछ । अनावश्यक खर्च बढ्ने तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियूक्ती तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरूसँग भेट हुनाले मन प्रफुल्लित हुनेछ । व्यापार तथा शेयर बजारबाट आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । व्यापार तथा पुँजी बजारमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त रू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रका साथ रमाइलो यात्रा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा विश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेष गरी नयाँ उद्योग, शेयर बजार वा रचनात्मक काम गरी आम्दानी बढाउन सकिनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । विवाद तथा प्रतिस्पर्धामा तपाईँको जीत हुनेछ । परिवारजनका आकांक्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुटुम्ब तथा वाणी भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बोलीको माध्यमबाट राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कन्फिडेन्स पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ । शेयर बजार तथा उद्योगमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा नयाँ प्रविधिको प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् ।

आइतबार, १३ पुस २०८२, ०७ : ५९

प्रतिक्रिया