तेह्रथुम पावरले लालुपाते हाइड्रोपावरमा एक करोड लगानी गर्ने

आइतबार, १३ पुस २०८२, ११ : ०८

काठमाडौं- तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडमा लगानीयोग्य मौज्दात रकममध्ये एक करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।

लालुपाते हाइड्रोपावरले मनाङको नासो गाउँपालिकामा निर्माण गरिरहेको दाना खोला जलविद्युत आयोजना (४९.९५ मेवा) को प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख कित्ता सेयर किन्ने निर्णय भएको हो।

हाइड्रोपावरले २०८० वैशाख २१ गतेदेखि २११५ वैशाख २० गतेसम्मको उत्पादन अनुमति पाएको छ भने २०८४ कात्तिक ५ गतेसम्म निर्माण कार्य सम्पन्न गरी व्यापारिक उत्पादन सुरू गर्ने लक्ष्य राखेको छ।

 
आइतबार, १३ पुस २०८२, ११ : ०८

प्रतिक्रिया