काठमाडौं- आज पुस १४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत सात वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
साधारणसभा प्रयोजनार्थ १ कम्पनीले पुस १५ गते र ६ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछन्। तर भोलि सार्वजनिक बिदा भएकोले आजसम्म कायम सेयरधनीले मात्रै यी सात कम्पनीको लाभांश पाउनेछन्।
आज नबिल बैंकको १२.५ प्रतिशत नगद लाभांश, आइजीआई प्रुडेन्सियल इस्योरेन्सको ५ प्रतिशत नगद लाभांश, बुटवल पावर कम्पनीको ६ प्रतिशत नगद लाभांश, डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
त्यस्तै, सपोर्ट लघुवित्तको ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश, मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत र छिमेक लघुवित्तको १२.५ प्रतिशत बोनस सेयर १२.५० प्रतिशत बोनस सेयर र १२.५० प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
प्रतिक्रिया