सिजी मोटर्सको भ्रमको खेती

एम्बर मोटर्सले भन्योः नियोसी भ्यानबारे सिजी मोटर्सले भ्रामक समाचार फैलायो

सोमबार, १४ पुस २०८२, १२ : ४६

काठमाडौं–नियोसी भ्यानको आधिकारिक आयातकर्ता एम्बर मोटर्सले नियोसी (नियोसिया) भ्यानको विक्री वितरणमा कुनै कानुनी समस्या नरहेको दाबी गरेको छ । एम्बर मोटर्सले एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले नियोसी ब्रान्डको भ्यानको विक्री वितरणमा कुनै रोकावट नहुने बताएको हो ।

यो पनि पढ्नुस्

सिजी मोटर्सको अटो क्षेत्रमा एकाधिकार कायम गर्ने षड्यन्त्र, पूर्वप्रधानन्यायाधीश श्रेष्ठ मार्फत अदालती प्रक्रिया मिलाउने विनोद चौधरीको प्रयत्न

एम्बर मोटर्सले नियोसी भ्यानबारे सिजी मोटर्सले भ्रामक समाचार सम्प्रेषण गरेको बताउँदै त्यसप्रति खेद प्रकट गरेको छ । नियोसी ब्रान्डको इलेक्ट्रिक भ्यानको विक्रीमा रोक लगाइएको भन्ने समाचारमा सत्यता नभएको दाबी गरेको हो । साथै, एम्बर मोटर्सले नियोसी ब्रान्डको इलेक्ट्रिक भ्यानको विक्री वितरण कार्य सुचारु रहेको जनाएको छ । 

 

 

 

 
 
 
 
सोमबार, १४ पुस २०८२, १२ : ४६

प्रतिक्रिया