काठमाडौं– तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको प्रदर्शनमा आफूले गोली प्रहार गर्ने कुनै आदेश नदिएको बताएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगमा बयान दिएपछि उनले त्यस बेला बल प्रयोगको आदेश नदिएको प्रष्ट पारेका हुन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यो दिन आफूले कुनै पनि किसिमको लिखित वा मौखिक निर्देशन नदिएको बताए ।
‘गृह मन्त्रालयबाट त्यस्तो आदेश गएको भन्ने आरोप निराधार हो,’ उनले भने ।
प्रतिक्रिया