सुन तस्करी प्रकरणका फरार अभियुक्त नेकपाको उम्मेदवार सिफारिस !

सोमबार, १४ पुस २०८२, १६ : १६

काठमाडौं– सुन तस्करी प्रकरणका फरार अभियुक्त भिमकान्त भण्डारीलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले उम्मेदवार सिफारिस गरेको छ । गुल्मी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका भण्डारी ६० किलो किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त हुन् । 

अख्तियारले भ्रष्टाचार मुद्दा समेत दायर गरेका र सुनतस्करीमा सीआइबीको फरार सूचीमा रहेका भण्डारीलाई नेकपाले गुल्मी २ बाट सिफारिस गरेको हो । 

विद्युतिय सिगरेट भेप मार्फत त्रिभुवन विमानस्थलबाट भएको ६० किलो किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा उनलाई सिआईबीले फरार सूचीमा राखेर अनुसन्धान अघि बढाएको थियो । 

पूर्वमाओवादी नेताहरुसँग निकट रहेका उनलाई प्रचण्ड प्रधानमन्त्री रहेको बेलामा सिआईबीले पक्राउ नगरेर भगाइएको थियो । अहिले पनि उनी फरार सूचीमा रहेको प्रहरी स्रोत बताउँछ । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित सुन तस्करी जाँचबुझ आयोगको प्रतिवदेनले भण्डारीलाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

उनै भण्डारीलाई नेकपाले गुल्मी २ बाट उम्मेदवार सिफारिस गरेपछि त्यहाँकै जिल्लस्तरीय नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।  नेकपा गुल्मीले जिल्लाको क्षेत्र नं २ बाट भण्डारीसहित ६ जनालाई सिफारिस गरेको छ भने क्षेत्र नं. १ बाट ७ जनालाई उम्मेदवार सिफारिस गरेको छ । 

क्षेत्र नं २ बाट भण्डारीसहित बुद्धिबहादुर जिसी, श्रीराम महत, भुपाल पोख्रेल, ज्योति थापा र प्रदीप भण्डारी रहेका छन् । त्यस्तै क्षेत्र नं. १ बाट सुदर्शन बराल, सिर्जना तरामु केसी, गीता थापा, सुरेन्द्र कडेल, विष्णु पन्त, रवि कडेल र किसन पाण्डे रहेका छन् ।

 
 
 
 
 
 
सोमबार, १४ पुस २०८२, १६ : १६

प्रतिक्रिया