काठमाडौं- सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज पुस १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
इन्स्योरेन्सले आफ्नो ३२ औं वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। जसअनुसार हालको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको कुल ७० करोड १६ लाख ३७ हजार ४७५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
प्रतिक्रिया