काठमाडौं- आज पुस १६ गतेसम्म १३ कम्पनीको सेयर किन्नेले सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्।
आज स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई लघुवित्त,श्री इन्भेष्टमेन्ट फाइनान्स,सगरमाथा लुम्बिनी इन्स्योरेन्स, युनाइटेड इदी मर्दी, अपि पावर, हिमालयन लघुवित्त, समता घरेलु लघुवित्त, मेरो माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रोपावर,कालिका पावर, अरुण भ्याली हाइड्रोपावर र सूर्यज्योति लाइफको लाभांश पाउने सुरक्षित गर्ने अन्तिम दिन हो ।
स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश, समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश र मेरो माइक्रोफाइनान्स लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ।
त्यसैगरी ग्लोबल आइएमई लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश, हिमालयन लघुवित्तको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश र अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश पाउनेछन्।
यस्तै, नेपाल टेलिकमको ३० प्रतिशत नगद लाभांश, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत नगद लाभांश र युनाइटेड इदी मर्दीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।
साथै, श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.४ प्रतिशत नगद लाभांश, अपि पावर कम्पनीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश, कालिका पावरको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश र सूर्यज्योति लाइफको १३ प्रतिशत नगद लाभांश पाउनेछन्।
प्रतिक्रिया