पाल्पा सिमेन्टले पुस २५ गतेबाट पहिलो चरणको आईपीओ निष्कासन गर्ने

विहीबार, १७ पुस २०८२, ११ : ५०

काठमाडौं- पाल्पा सिमेन्ट इन्डस्ट्रिजले पुस २५ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डले पाल्पा सिमेन्टलाई ७५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता आईपीओ ल्याउन अनुमति दिएको थियो। कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीयलाई जारी पुँजीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता र सर्वसाधारणलाई छुट्याइएको ५६ लाख २५ कित्ताको १० प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गर्नेछ।

यो आईपीओमा दुवै समूहले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। 

स्थानीयले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार तथा गैँडाकोट शाखा र प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी तथा बेलतारी शाखा र सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकिएका शाखासँगै सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि यो आईपीओको निष्कासन बन्द छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते हनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गते हुनेछ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

 
विहीबार, १७ पुस २०८२, ११ : ५०

प्रतिक्रिया