परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

शुक्रबार, १८ पुस २०८२, ०९ : ५८

काठमाडौं- रुसी महासंघका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त भएकोमा बधाई ज्ञापन गरेका छन्। 

मन्त्री शर्मालाई बुधबार बधाई सन्देश पठाएर रुसी विदेशमन्त्रीले रुस र नेपालबीचको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र रचनात्मक रहँदै आएको उल्लेख गर्दै दुवै देशका जनताको हितमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन संयुक्त रूपमा काम गर्न आफू तयार रहेको बताएका छन् ।

रुसी विदेशमन्त्री लावरोभले परराष्ट्रमन्त्री शर्माको  सुस्वास्थ्यको कामना गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको रुसी राजदूतावासले जनाएको छ । 

शुक्रबार, १८ पुस २०८२, ०९ : ५८

प्रतिक्रिया