काठमाडौं– आन्तरिक हवाई यात्रुका लागि राहत मिल्ने गरी न्यूनतम भाडा घटाइएको छ। हवाई इन्धनको मूल्य घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न गन्तव्यका उडानमा लागू हुने नयाँ भाडादर सार्वजनिक गरेको हो।
इन्धनको मूल्य घटेका कारण काठमाडौं विमानस्थल केन्द्रित भएर हुने उडान अवतरणमा सबैभन्दा बढी धनगढीको भाडा घटेको छ । यो गन्तव्यमा २६५ रुपैयाँले भाडा घटेको छ ।
हाल ५९ सय २० रुपैयाँ काठमाडौं धनगढी गन्तव्यको हवाई इन्धनको शुल्क रहेकोमा अब ५६ सय ५५ रुपैयाँ हुने भएको छ । यो शुल्कसँगै यो गन्तव्यको भाडामा २६५ ले सस्तिएको हो ।
काठमाडौंबाट हुने उडान अर्थात ट्रङ्क रुटको हवाई भाडामा माउन्टेन २१०, भन्द्रपुर १८०, विराटनगर १४०, जनकपुर ७५, भरतपुर ६५, पोखरा ९५ र भैरहवाको १२५ रुपैयाँले इन्धनको शुल्क घटेको छ । यस्तै नेपालगन्ज १९५, तुम्लिङटार ११०, सिमरा ५५, सुर्खेत २१० र राजविराजको १२५ रुपैयाँले इन्धको शुल्क घटेको हो ।
प्रतिक्रिया