होटल फरेस्ट इनले धितोपत्र बोर्डबाट पायो आईपीओ निष्कासन अनुमति

शनिबार, १९ पुस २०८२, १० : ४५

काठमाडौं- होटल फरेस्ट इनले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इनलाई ४० करोड रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति दिएको हो। 

अनुमति पाएसँगै अब होटलले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नेछ।

होटलले २०८० कात्तिक १५ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डबाट निवेदन दिएको थियो। निवेदन दिएको २ वर्षभन्दा बढी समयपछि यो होटलले आईपीओ निष्कासनको अनुमति पाएको हो।

होटलको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

 
 
शनिबार, १९ पुस २०८२, १० : ४५

प्रतिक्रिया