काठमाडौं- सातवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट, जीवन विकास लघुवित्त र कालिका लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीहरूले भोलि पुस २१ गते बूक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सम्बन्धित कम्पनीको लाभांश प्राप्त गर्नेछन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
यसैगरी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत नगद लाभांश रहेको छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश र कालिका लघुवित्तको १० प्रतिशत बोनस सेयर र ०.५३६३ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रतिक्रिया