काठमाडौं- सालपा विकास बैंकको आईपीओमा सर्वसाधारणले आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ।
बैंकले पुस १६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो।
यस आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
सर्वसाधारणका लागि बैंकले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको छ।
बैंकले ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ।
सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ।
बैंकको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
प्रतिक्रिया