एनआईसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

आइतबार, २० पुस २०८२, ११ : ४९

काठमाडौं- एनआईसी एसिया बैंकले हकप्रद सेयर जारी गर्ने भएको छ।

बैंक सञ्चालक समितिको आज पुस २० गते बसेको बैठकले हाल कायम चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। 

जसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ।

यसका लागि पूर्व सहमतिको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरिएको र राष्ट्र बैंकको सहमतिपछि बैंकको वार्षिक साधारणसभामा सोको स्वीकृतिका लागि प्रस्ताव पेश गरिने बैंकले जानकारी दिएको छ । 
 

 
आइतबार, २० पुस २०८२, ११ : ४९

प्रतिक्रिया