काठमाडौं- विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ।
साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ। यस्तो अनुपात ७०ः३० कायम गर्नु पर्ने भएकाले त्यसका लागि कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो।
यसका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो। यसमा सर्वसाधारणले आजदेखि पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनुपर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यो एफपीओ निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको कुल सूचिकृत सेयर संख्या ७९ लाख १७ हजार २२०.५९ कित्ता कायम रहनेछ।
एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया