अख्तियार प्रमुखसहित १० उच्चपदस्थलाई धम्क्याउने पाठक फिलिपिन्समा पक्राउ, नेपाल ल्याइँदै

सोमबार, २१ पुस २०८२, १२ : १८

काठमाडौं– अख्तियार प्रमुख प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई ज्यानको धम्की दिने प्रकाश पाठकलाई स्वदेश ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जान लागेको  छ । 

उनलाई फिलिपिन्सले निष्कासन (डिपोर्टेसन) प्रक्रिया शुरु गरेको र यताबाट लिन जाने टोली जान लागेको प्रहरीले जनाएको छ । 

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ का ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस शहरमा पक्राउ परी त्यहाँको प्रहरी हिरासतमा छन् ।

 
सोमबार, २१ पुस २०८२, १२ : १८

प्रतिक्रिया