काठमाडौं उपत्यकामा अत्यधिक जाडो बढ्यो, सावधानी अपनाउन आग्रह

सोमबार, २१ पुस २०८२, १५ : ०१

काठमाडौं– काठमाडौं उपत्यकामा जाडो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा जाडो बढेको हो । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । यसले गर्दा जाडो बढेको हो ।

मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा ३.७ डिग्री सेल्सियस र ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री सेल्सियस मापन भएको छ ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढ्ने पूर्वानुमान गर्दै अनावश्यक काममा बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरिसकेको छ। मन्त्रालयका अनुसार जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अन्यको तुलनामा बढी स्वास्थ्य जोखिम हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

 
 
सोमबार, २१ पुस २०८२, १५ : ०१

प्रतिक्रिया