काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सोमबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ।
आज विन्ध्यावासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४५५.१ रुपैंया हुने गरी मूल्य समायोजन भएको छ। नेप्सेले सोमबारको अन्तिम कारोबार ४७७.९० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको हो ।
नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार १४२.२३ रुपैंया हुने गरी मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार १ हजार ३०५ रुपैंया आधारमा मूल्य समायोजन गरिएको हो ।
यस्तै, एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६७१.१५ रुपैंया हुने गरी मूल्य समायोजन भएको छ। नेप्सेले सोमबारको अन्तिम कारोबार ६९८ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको हो ।
भोलि मंगलबार यी कम्पनीको समायोजित मूल्यलाई आधार मानेर कारोबार खुला हुनेछ ।
प्रतिक्रिया