काठमाडौं गैरीगाउँमा भीषण आगलागी, नियन्त्रणमा कठिनाइ हुँदा ललितपुरबाट पनि दमकल मगाइयो

मंगलबार, २२ पुस २०८२, १६ : २०

काठमाडौं- काठमाडौंको गैरीगाउँमा भीषण आगलागी भएपछि अहिले काठमाडौं महानगरपालिकाका ४ दमकल पुगेका छन् ।

मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको टहरोमा भीषण आगलागी भएको हो । 

नगर प्रहरीका अनुसार अहिले ४ वटा दमकल पठाइएको छ भने ललितपुरको दमकल पनि मगाइएको छ ।  

आगलागीबाट वरपरका घरहरुमा समेत निकै ठूलो मात्रामा क्षति भएको छ ।

आगलागी नियन्त्रणमा नेपाली सेना, प्रहरी र महानगरपालिका प्रहरीको संयुक्त प्रयास जारी रहेको छ ।

 
मंगलबार, २२ पुस २०८२, १६ : २०

प्रतिक्रिया