जाँचबुझ आयोगमा बालेनले बुझाए तीन पेज लामो लिखित जवाफ

मंगलबार, २२ पुस २०८२, १७ : १४

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा लिखित जवाफ पेस गरेका छन् । 

उनले सोमबार नै आयोगले सोधेको प्रश्नमा केन्द्रित रहेर ३ पेज लामो लिखित जवाफ दिएका हुन् । 

शाहले सोमबार अपराह्न ४ बजे आयोगमा १५ वटा प्रश्नको ३ पेज लामो लिखित जवाफ बुझाएको उनको सचिवालयले जनाएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई आफ्नो भनाइ राख्न पत्र पठाएको आयोगले काठमाडौं महानगरपालिकाका मेयर शाहलाई पनि प्रश्नावली सहितको पत्र पठाएको थियो । 

 
मंगलबार, २२ पुस २०८२, १७ : १४

प्रतिक्रिया