सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बुधबार, २३ पुस २०८२, ११ : २६

काठमाडौं- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले निष्कासन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पुस ९ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसमा ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँको ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको हो । 

यस आईपीओमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण स्थानीयले आवेदन दिन सक्नेछन् । स्थानीयले आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै ज्योती विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, ट्रेडटावर, थापाथलीस्थित रजिष्टर्ड कार्यालय र दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

 
बुधबार, २३ पुस २०८२, ११ : २६

प्रतिक्रिया