अब अमेरिका जाँदा नेपालीले लाखौं रकम धरौटी राख्नुपर्ने

बुधबार, २३ पुस २०८२, १४ : ५४

काठमाडौं– अमेरिकाले भिसासम्बन्धी नियममा व्यापक कडाइ गर्दै धरौटी राख्नुपर्ने देशको संख्या बढाएको छ ।  पछिल्लो पटक थपिएका देशको सूचीमा नेपालको पनि नाम समावेश छ । 

अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार अब नेपाली नागरिकले पनि अमेरिकाको पर्यटक वा व्यावसायिक (बी–१ र बी–२) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने भएको छ । यो नियम जनवरी २१ देखि लागु हुने भनिएको छ । 

भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले व्यक्तिको अवस्था हेरेर धरौटीको रकम तय गर्नेछन् । यस्तो धरौटीको न्यूनतम रुपैयाँ ५ हजार अमेरिकी डलरदेखि अधिकतम् १५ हजार अमेरिकी डलर हुनेछ ।

अमेरिका जाने नेपालीहरूले आफू खुसी जुनसुकै विमानस्थल प्रयोग गर्न पाउने छैनन् । न्युयोर्कस्थित जोन एफ। केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्गटन डीसीस्थित वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल र बोस्टनको बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै अमेरिका छिर्न र बाहिरिन पाइनेछ ।

 
बुधबार, २३ पुस २०८२, १४ : ५४

प्रतिक्रिया