काठमाडौं- सालपा विकास बैंकले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आगामी पुस २५ गते शुक्रबार बाँडफाँट हुने भएको छ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ बाँडफाँटका लागि ‘प्रि-अलटमेन्ट’ काम सम्पन्न भइसकेको र शुक्रबार बाँडफाँट गर्ने तयारी गरेको जानकारी दिएको हो ।
यस आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता सेयरका लागि आवेदन दिएका छन्। जुन मागभन्दा १९.३७ गुणा बढी हो।
कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको थियो।
यस आईपीओमा कुल आवेदकमध्ये १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् भने बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात भने खाली हुनेछ।
प्रतिक्रिया