काठमाडौं- सीएफ मोटोको नयाँ मोटरसाइकल नेपालमा चाँडै बिक्री सुरू गर्ने भएको छ ।
सीएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी ऋषि ट्रेड सेन्टरले नयाँ सीएफ मोटो २५० डुअल बजारमा ल्याउन लागेको हो ।
कम्पनीले यसअघि ल्याएको सीएफ मोटो ४५० एमटी निकै चर्चित छ । योबाहेक पनि नेपालमा सीएफ मोटोका २५० एनके, ३०० एनके, आरएस ४५० एस जस्ता मोडल बिक्री हुँदै आएका छन् ।
सीएफ मोटो ३०० एनके यो सेग्मेन्टमा कम मूल्य भएको मोटरसाइकल हो । यो पावर र डिजाइनका हिसाबमा पनि निकै उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया