होटल फरेष्ट इनले माघ ४ देखि पहिलो चरणको आईपीओ जारी गर्ने

विहीबार, २४ पुस २०८२, १० : ३१

काठमाडौं- होटल फरेष्ट इनले माघ ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीको लागि आईपीओ जारी गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले होटललाई ४० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता सेयर जारी गर्न अनुमति दिएको छ। त्यसमध्ये १० प्रतिशतले हुन आउने ४ लाख कित्ता सेयर होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गर्न लागेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २ लाख कित्ता सेयरका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ। आईपीओको निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ। 

होटलको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

 
विहीबार, २४ पुस २०८२, १० : ३१

प्रतिक्रिया