शिखर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

विहीबार, २४ पुस २०८२, ११ : १४

काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

कम्पनीका केही संस्थापक सेयरधनीहरूको आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि कम्पनीमा निवेदन पेश गरेअनुसार कम्पनीले सो सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले बिक्रीमा राखिएको सेयर संख्या र सेयरधनीबारे जानकारी खुलाएको छैन।

संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई नै दिनु पर्ने भएकाले ईच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शिखर इन्स्योरेन्सको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ।

साथै कम्पनीले तोकिएको उक्त अवधिभित्र संस्थापशक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

 
विहीबार, २४ पुस २०८२, ११ : १४

प्रतिक्रिया