सोलु हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

विहीबार, २४ पुस २०८२, १३ : ०६

काठमाडौं- सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको १ करोड कित्ता आईपीओ आज बाँडफाँट गरेको छ। 

कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको १० लाख कित्ता सेयरको बाँडफाँट यसअघि नै सम्पन्न भइसकेको छ।

स्थानीय र वैदेशिक रोजगारीको प्रक्रिया सकिएपछि कम्पनीले अब आगामी पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता सेयर सर्वसाधारणमा ल्याउन लागेको हो। 

कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् । 

 
 
विहीबार, २४ पुस २०८२, १३ : ०६

प्रतिक्रिया