शिक्षामन्त्री महावीर पुनद्वारा दुईवटा विदेश भ्रमण रद्द, भन्छन्– विदेश घुमेर अर्थतन्त्र बन्छ ?

शुक्रबार, २५ पुस २०८२, १३ : ४३

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दुईवटा विदेश भ्रमणका कार्यक्रम रद्द गरेको बताएको छन् । उनले आफूलाई विदेशमा कार्यक्रमका लागि आएका दुइटा निमन्त्रणापत्र सार्वजनिक गर्दै आफू नजाने बताएका हुन्। 

मन्त्री भइसकेपछि यसअघि पनि निमन्त्रणा आएका तीनवटा विदेश भ्रमणमा नगएको सामाजिक सञ्जालमा उल्लेख गर्दै यसपटक पनि नजाने जानकारी गराएका छन् ।

‘लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीनवटा विदेश भ्रमणमा गइनँ। अहिले पनि दुईवटा निमन्त्रणा आएछ। यसमा पनि जान्नँ’, मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ?’

 
 
शुक्रबार, २५ पुस २०८२, १३ : ४३

प्रतिक्रिया